स्वदेशी विपन्न कर्जा
ऋणको प्रकार
मध्यम
ऋणको उद्देश्य
आर्थिक सहायता प्रदान गर्न र आफ्नै व्यवसाय सुरु गर्न प्रोत्साहित गर्न ।
आवश्यक कागजातहरू
यो ऋण लिनका लागि चाहिने कागजहरु यस संस्थाको ऋण व्यवस्थापन कार्यविधि २०७९ अनुसार हुनेछ ।
ऋण रकम
रु. १००,०००।– सम्म वा सञ्चालक समितिले गरेका निर्णय अनुसार समय समयमा तोकिए अनुसार ।
ब्याजदरः
यो संस्थाद्वारा आधार दरमा मात्र हुनेछ । ब्याजदर १२ – १६% सम्म हुनेछ ।
शुल्कहरूः
सेवा शुल्क, पूर्व भुक्तानी शुल्क र अन्य सबै लागू हुने शुल्कहरू लाग्ने छैन ।
ब्याज अनुदानः
सञ्चालक समितिले औचित्य तथा आवश्यकताका आधारमा सञ्चालक समितिको निर्णय अनुसार हुनेछ ।
समय अवधि
ऋणको अधिकतम अवधि ओभरड्राफ्ट कर्जाको हकमा नवीकरण हुन सक्ने गरी एक वर्षको हुनेछ र निश्चित अवधि ऋणको
हकमा ऋणको अवधि एक वर्षभन्दा बढी र सदस्यको आवश्यकता अनुसार २ वर्षसम्मको हुनेछ ।
ऋण प्रवाह
ऋण सम्झौताको नियम र शर्तहरू अनुसार पूर्ण प्रवाह ।
असुली
कार्यशील पूँजी प्रकृतिको ऋणको हकमा मासिक वा त्रैमासिक आधारमा ब्याज तिर्न सकिन्छ र निश्चित अवधिको ऋणको
हकमा साँवा र ब्याज भ्ःक्ष् को आधारमा भुक्तानी गर्न सकिन्छ ।
धितो
यो ऋणमा कुनै धितो बिना प्रदान गर्न सकिन्छ ।