स्वदेशी उद्यमी ऋण (उद्योग ऋण)
लक्ष्य खण्ड
नेपालमा प्रचलित कानुन बमोजिम स्थापना भएका उद्योगहरू ।
ऋण अवधिः
ऋण अवधिको हकमा न्यूनतम १ वर्ष अधिकतम १५ वर्ष ।
ब्याजदरः
यो संस्थाद्वारा समय समयमा प्रकाशित दर हुनेछ ।
उद्देश्यः
उद्योगको स्थापना, विस्तार वा विविधीकरणको लागि स्थिर सम्पत्तिहरू वित्तिय गर्न ।
उद्योगको विस्तार वा नयाँ स्थापना भएका उद्योगका लागि चालूपूँजीको आवश्यकता परिपूर्ति गर्न ।
ऋण सीमा
निश्चित अवधि ऋणकोलागि स्थिर सम्पत्ति वित्तियकोलागि कुल लगानी लागतको अधिकतम ५०% सम्म ।
अन्य अवस्थाको आवश्यकता र औचित्यताको आधारमा सञ्चालक समितिको निर्णयबाट कर्जा स्वीकृत गराइनेछ ।
असुली
प्रिन्सिपलको भुक्तानी मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक हुनेछ वा भुक्तानी EMI आधारमा हुनेछ ।
ब्याज भुक्तानी अवधि ऋण वा कार्य पूँजी ऋणको मामलामा मासिक/त्रैमासिक हुनेछ ।
आवश्यक कागजातहरू
यो ऋण लिनका लागि चाहिने कागजहरु यस संस्थाको ऋण व्यवस्थापन कार्यविधि २०७९ अनुसार हुनेछ ।
शुल्कहरूः
सेवा शुल्क, पूर्व भुक्तानी शुल्क र अन्य सबै लागू हुने शुल्कहरू संस्थाको STC नीति अनुसार हुनेछ ।
धितो
संस्थाको सूचीबद्ध मूल्याङ्कनकर्ताद्वारा मूल्याङ्कन फ्री होल्ड सम्पत्ति (जमिन र भवन) ।
बीमा
धितो राखिएको सम्पत्ति ऋण रकम कभर गर्न पर्याप्त रूपमा बीमा गरिनेछ ।