हायरपर्चेज ऋण

ऋणको प्रकार

मध्यम र दीर्घकालीन ऋण

ऋणको उद्देश्य

सहकारीले सदस्यहरुकोव्यापारिक प्रयोगको लागि नयाँ सार्वजनिक/ व्यवसायिक सवारी साधनहरू खरिद गर्न वित्त प्रदान
गर्नेछ । यस्ता खालका कर्जामा जम्मा खरिद मूल्यको अधिकत्तम ५० प्रतिशतसम्म वित्त प्रदान सकिनेछ ।

योग्यता

सवारी साधनको आय वा आयको वैकल्पिक स्रोत प्रस्तावित फर्म र व्यक्तिहरू ।

आवश्यक कागजातहरू

यो ऋण लिनका लागि चाहिने कागजहरू यस संस्थाको ऋण व्यवस्थापन कार्यविधि २०७९ अनुसार हुनेछ ।

ऋण रकम

ऋणको अधिकतम रकम एकल बाध्यकारी सीमा (क्ष्लनभि ःझदभच ीष्mष्त) सम्म हुनेछ । हायर पर्चेज ऋणको हकमा
अधिकत्तम रकम रु. ५०,००,०००।– (अक्षरुपी पचास लाख रुपैयाँ मात्र) हनुेछ ।

ब्याजदरः

यो संस्थाद्वारा समय समयमा प्रकाशित दर हुनेछ ।

शुल्कहरूः

सेवा शुल्क, पूर्व भुक्तानी शुल्क र अन्य सबै लागू हुने शुल्कहरू संस्थाको क्त्ऋ ९कतबलमबचम तबचषा या अजबचनभक० नीति
अनुसार हुनेछ ।

ऋण प्रवाह

उचित बीमा कागजात, मूल्य अभिवृद्धि कर बिल र संस्थाको नाममा सवारी साधनको स्वामित्व हस्तान्तरण गरेपछि कुल
ऋणको पूर्ण प्रवाह अनुमति दिइन्छ ।

ग्रेस अवधि

सवारी साधनको बडी निर्माण वा अन्य कुनै प्रशोधन कारणले सवारी सञ्चालनमा ढिलाई भएको अवस्थामा १ महिनाको ग्रेस
अवधि प्रदान गर्न सकिनेछ । यस अवधिमा सदस्यले ऋणको ब्याज मात्र तिर्न सक्छ ।

असुली

ऋण बराबर मासिक किस्ता (भ्ःक्ष्) मा तिर्न पर्छ ।

समय अवधि

नयाँ सार्वजनिक सवारीः अधिकतम समय अवधि ५ वर्ष हो।

बीमा

आवेदकले सुरक्षाको हिस्सा बन्ने सवारी साधनमा सहकारीको तर्फबाट अनुमोदित प्रथम/तेस्रो पक्षीय कभरेज सहितको
व्यापक बीमा नीति भएको कुरा सुनिश्चित गर्नुपर्छ ।