स्वदेशी व्यक्तिगत ऋण (शेयर कर्जा)

ऋणको प्रकार

मध्यम

ऋणको उद्देश्य

आर्थिक सहायता प्रदान गर्न र कर्मचारीलाई प्रोत्साहित गर्न ।

आवश्यक कागजातहरू

यो ऋण लिनका लागि चाहिने कागजहरु यस संस्थाको ऋण व्यवस्थापन कार्यविधि २०७९ अनुसार हुनेछ ।

ऋण रकम

रु. ७५,००,०००।– (अक्षरुपी पचहत्तर लाख रुपैयाँ मात्र) वा सञ्चालक समितिले गरेका निर्णय अनुसार समय समयमा तोकिए
अनुसार ।

ब्याजदरः

यो संस्थाद्वारा समय समयमा प्रकाशित दर हुनेछ ।

शुल्कहरूः

सेवा शुल्क, पूर्व भुक्तानी शुल्क र अन्य सबै लागू हुने शुल्कहरू संस्थाको क्त्ऋ नीति अनुसार हुनेछ ।

ऋण प्रवाह

ऋण सम्झौताको नियम र शर्तहरू अनुसार पूर्ण प्रवाह । ऋण प्रवाहको लागि धनजमानी बस्ने व्यक्ति अनिवार्य हुनुपर्ने ।

समय अवधि

संस्थाको सञ्चालक समितिले निर्णय गरे अनुसार हुनेछ

असुली

कार्यशील पूँजी प्रकृतिको ऋणको हकमा मासिक वा त्रैमासिक आधारमा ब्याज तिर्न सकिन्छ र निश्चित अवधिको ऋणको
हकमा साँवा र ब्याज EMI को आधारमा भुक्तानी गर्न सकिन्छ ।

धितो

यो ऋण लगानी गर्दा नेप्सेमा सूचिकृत भएका शेयरहरु सदस्यकै नाममा सूचिकृत भएका शेयरहरुलाई आधार मानी सोको
मूल्याङ्कन पश्चात्धितो मान्न सकिन्छ ।