कर्मचारी सहुलियत कर्जा
ऋणको प्रकार
मध्यम
ऋणको उद्देश्य
आर्थिक सहायता प्रदान गर्न र कर्मचारीलाई प्रोत्साहित गर्न ।
आवश्यक कागजातहरू
यो ऋण लिनका लागि चाहिने कागजहरु यस संस्थाको ऋण व्यवस्थापन कार्यविधि २०७९ अनुसार हुनेछ ।
ऋण रकम
रु. २५,००,०००।– सम्म वा सञ्चालक समितिले गरेका निर्णय अनुसार समय समयमा तोकिए अनुसार ।
संस्थामा कार्यरत कर्मचारीको ५ वर्षको तलब मानलाई आधार मानी सोको ५०% सम्म ऋण रकम निर्धारण गर्ने ।
कार्यरत कर्मचारीको कार्यकालले समेत ऋण रकम निर्धारण गर्ने ।
ब्याजदरः
संचालक समितिको निर्णय अनुसार हुनेछ ।
शुल्कहरूः
सेवा शुल्क, पूर्व भुक्तानी शुल्क र अन्य सबै लागू हुने शुल्कहरू लाग्ने छैन ।
ब्याज अनुदानः
सञ्चालक समितिले औचित्य तथा आवश्यकताका आधारमा सञ्चालक समितिको निर्णय अनुसार हुनेछ ।
समय अवधि
ऋणको अधिकतम अवधि ओभरड्राफ्ट कर्जाको हकमा नवीकरण हुन सक्ने गरी एक वर्षको हुनेछ र निश्चित अवधि ऋणको
हकमा ऋणको अवधि एक वर्षभन्दा बढी र कर्मचारीको आवश्यकता अनुसार ५ वर्षसम्मको हुनेछ ।
ऋण प्रवाह
ऋण सम्झौताको नियम र शर्तहरू अनुसार पूर्ण प्रवाह । ऋण प्रवाह गर्दा एकाघर परिवारको एकजना सदस्यलाई धनजमानी
राखिने र कर्मचारीको कुनै एक बैंक खाताको चेकलाई सुरक्षण बापत लिइनेछ ।
असुली
कार्यशील पूँजी प्रकृतिको ऋणको हकमा मासिक वा त्रैमासिक आधारमा ब्याज तिर्न सकिन्छ र निश्चित अवधिको ऋणको
हकमा साँवा र ब्याज भ्ःक्ष् को आधारमा भुक्तानी गर्न सकिन्छ । यदि कर्मचारीले आफ्नै या एकाघर परिवारको नाममा दर्ता
रहेको धितो दिएमा पारिवारिक आम्दानीलाई समेत योग गर्न सकिनेछ ।
धितो
यो ऋणमा कुनै धितो बिना प्रदान गर्न सकिन्छ ।